पवन पौडेल तनहुँ १० माघ
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्दराज जोशीले समयमै संविधानको निर्माण अहिलेको देशको प्रमुख आवश्यकता भएपनि माओवादी लडाकुको व्यवस्थापनवीना यो सम्भव नभएको दावी गर्नुभएको छ ।
माओवादीले अहिलेपनि खुल्लारुपमा हतियारको प्रदर्शन गर्दै जनता तर्साउने काम गरेकाले यसको व्यवस्थापनवीना संविधान निर्माण गरीए मुलुक दुर्घटनातर्फजाने उहाँले चेतावनी दिनुभयो ।
व्यास युवा क्लब व्यास ११ दमौलीद्धारा आज आयोजित चियापान तथा परिचयात्मक कार्यक्रममा बोल्दै कांग्रेस नेता जोशीले जनताको चाहनाअनुसार संविधान निर्माणका लागि अब पाँचमहिना भन्दा बढी समय नरहेकाले सबै राजनीतिक दल सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
उहाँले देशको निर्माणमा युवाहरुको भूमिका सशक्त भएपनि वर्तमान नेतृत्वले युवाको परिचालन गर्न नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य अमर राज कैनीले वीगतको शसस्त्र द्धन्द्धका क्रममा माओवादीले देखाएको व्यवहारका कारण युवाहरुप्रति नकारात्मक धारणा बनेको भन्दै यसमा परिवर्तन ल्याउनु आवश्यक भएको धारणा राख्नुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks