Loving nepal news

Monday, January 11, 2010

रत्ननगर महोत्सव आजदेखि

सिन्धु ढकाल चितवन,२७ पुष

पूर्वी चितवनको रत्ननगरमा आजदेखि रत्ननगर महोत्सव २०६६ सुरु हुदैछ। रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनममा महोत्सब हुन लागेको महोत्सबको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ। रत्ननगर नगरपालीकाको टिकौली चौरमा हुने महोत्सवको आज एक विशेष कार्यक्रमकाबीच एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उद्घाटन पूर्व बिहान ९ बजे नेपाल उच्च माविको प्राङ्गणबाट बृहत र्यालि निकालिएको छ।
महोत्सबमा स्थानीय तथा स्वदेशी औधोगीक ब्यापारीक प्रतीष्ठानहरु एबम सरकारी तथा गैरसरकारी सघ सस्थाहरुको ३ सय ९१ बटा स्टलहरु राखिएको छ। माघ ५ गते सम्म संचालन हुने सो महोत्सबमा २ करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य आयोजकहरुले लिएका छन्।

स्थानीय , राष्ट्रीय तथा अन्तराष्ट्रीय उत्पादनको बृहत ब्यापार मेला ,बृहत कृषी प्रर्दशनी , माछा तथा केराको मेला , शैक्षिक , घरजग्गा , अटो , सुचना तथा सन्चार , खाना तथा सास्कृतीक मेला रहने महोत्सबको २ लाख भन्दा बढि दर्शकहरुले अबलोकन गर्ने आयोजकले अनुमान गरेको छ। अहिलेको महोत्सबमा कृषि प्रबद्धनका लागी माछा र केरालाई बिशेष आर्कषणको रुपमा राखिएको छ। महोत्सबमा माछा परिसर र केरा परिसरको छुट्टै ब्यबस्था गरीएको छ। कुला ३ सय ९१ स्टल मध्ये ८१ बटा स्टल कृषिसंग संबन्धित रहेकेा आयोजकले जानकारी दिएका छन्। महोत्सवमा पर्यटन प्रर्बद्दन , पर्यटकीय स्थलको पहीचान क्रेता बिक्रेता बिचको अन्तरक्रीया , चित्रकला , मुर्तिकला एबम फोटो प्रर्दशनी समेत रहने जनाइएको छ।

महोत्सब अबधिभर महोत्सब स्थलमा बिशेष सुरक्षाको ब्यबस्था गरीएको महोत्सबका संयोजक तथा रत्ननगर उधोग बाणिज्य संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks