यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ३ माघ
हेलो मलाई भोलि एक पाथी गहते ल्याइदिनुस् है, पहिलो दिन नै दमयन्तीको फोनको घण्टी बज्छ । ’पहिले-पहिले घण्टौको बाटो हिडेर सामान ल्यायो नबिकेर कहिले सस्तोमा त कहिले त्यसै बोकेर र्फकनु पथ्र्यो, तर मोवाइल आएपछि पहिलो दिन नै सामानको अर्डर आउछ, अर्को दिन ल्याइदिन्छु ।’ खानीछाप पाल्पाकी कृषक दमयन्ती थापाले भनिन् ।
सूचना र प्रविधिको विकासक्रम सागै मोवाइल सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष प्रभावित हुन थालेका छन् । मोवाइलकै कारण समय बचत भएकोले सो समयलाई अन्य आयआर्जनको क्षेत्रमा समेत लगाउन थालेको ग्रामीण क्षेत्रका बासिन्दाहरू बताउाछन् । सामान बोकेर सदरमुकाम का गल्लीगल्लीमा हिड्न नपर्दा समयको बचत हुने र बचत समयलाई थप आयआर्जनको क्षेत्रमा लगानी गरेको थापा को भनाई छ । तानसेन असनटोलका व्यापारी बिनीराम थापा आफूले गाउँका किसानलाई टेलिफोन गरी तरकारी ल्याइदिन अर्डर गर्ने गरेको बताउँछन् । बिनीराम अगाडि भन्छन् हेलो मलाई भोलि एक पाथी गहते ल्याइदिनुस् है, पहिलो दिन नै दमयन्तीको फोनको घण्टी बज्छ । ’पहिले-पहिले घण्टौको बाटो हिडेर सामान ल्यायो नबिकेर कहिले सस्तोमा त कहिले त्यसै बोकेर र्फकनु पथ्र्यो, तर मोवाइल आएपछि पहिलो दिन नै सामानको अर्डर आउछ, अर्को दिन ल्याइदिन्छु ।’ खानीछाप पाल्पाकी कृषक दमयन्ती थापाले भनिन् । मोवाइल आएपछि त निकै सजिलो भएको छ, कृषकसाग फोनबाटै तरकारी तथा अन्य कृषिजन्य बस्तुको मोलतोल हुन्छ ।’
तत्कालीन नेकपा माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वको समाप्तिसागै नेपाल टेलिकमले वितरण गरेको मोवाइल सेवाबाट शहरदेखि ग्रामीण क्षेत्रका बासिन्दाले समेत लाभ लिन थालेका हुन् । सिमकार्डको वितरणमा भएको बृद्धिसागै ग्रामीणस्तरसम्म पनि टावर विस्तार क्रमलाई तीव्रता दिएको छ । हालसम्म जिल्लामा दूरसञ्चार कार्यालयमा दुई वटा टावरले काम गरिरहेका छन् भने बतासे, आर्यभञ्ज्याङ, गैरागाउँ, हार्थोक, रामपुर, लहरेपिपल, खालीवन, कसेनी, ताहुँ, कोलडाँडा, मस्याममा नमस्ते मोवाइलका टावर सञ्चालित छन् । त्यस्तै बतासे, जन्तीलुङ, आर्यभञ्ज्याङ, खालीवन, छहरा, कोलडाँडा र ख्याहाबाट स्काई मोवाइल प्रयोगकर्ताका लागि सुविधा प्रदान गरिदै आएको छ ।
यसरी ग्रामीण केन्दि्रत सञ्चार सेवा दूरसञ्चारले दिन थालेपछि इमेल इन्टरनेटको पहुाच समेत विस्तार भएको छ । कम्प्युटरमा स्काई युम कार्डबाट र नमस्ते मोवाइलमा जिपिआरएस सेवा मार्फत इन्टरनेट सेवा लिनेहरूको संख्या पछिल्लो समय निकै बढेको दूरसञ्चार कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा द्वन्द्वकालीन समयमा ल्याण्डलाइन् र पोष्टपेड मोवाइल सेवा मात्रै उपलव्ध हुँदै आएको थियो । द्वन्द्वको समाप्तिसागै सञ्चार विकासमा आएको परिर्वतनले जनतामा स्थानीय लोकतन्त्रको अनुभूति दिलाएको ग्रामीण क्षेत्रका बासिन्दाहरूको अनुभव छ ।
हालसम्म दूरसञ्चार कार्यालय पाल्पामार्फत ६० हजार नमस्ते मोवाइल, १० हजार स्काईफोन, १५ सय सिडिएमए, ५ सय बढी पोष्टपेड मोवाइल, र २७ सय ल्यान्डलाईन टेलिफोन सेवा वितरण भइसकेको छ । पछिल्लो समय निवेदन दिनासाथ मोवाइल सिमकार्ड पाउने व्यवस्था दूरसञ्चारले मिलाएका कारण दैनिक ६० देखि १ सय जना सम्मले सिमकार्ड लिने गरेका छन् ।
दूरसञ्चार कार्यालय पाल्पाका श्रीराम रेग्मीका अनुसार यसरी वितरीत मोवाइलमा ६० प्रतिशत भन्दा बढी मोवाइल उपभोक्ता ग्रामीण क्षेत्रका रहेका छन् । गाउँको टावरमा खरावी आउँदा समयमै मर्मत नगरिदा कहिलेकाहि हप्तौपनि सञ्चार सुविधाबाट टाढा हुनुपर्ने बाध्यता रहेकोले समयमै मर्मतसम्भार गर्ने व्यवस्था मिलाइदिन ग्रामीण क्षेत्रका जनताको सुझाव छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks