काठमाडौं, १२ माघ (दैनिकी)
सेना समायोजन विशेष समितिको बैठक आज बस्ने कार्यक्रम छ। सेना समायोजन तथा पुनःस्थापना सचिवालयको टुंगो आजको बैठकमा लाग्ने बताइएको छ।
११२ दिनभित्र समायोजन गरिसक्ने गरी आएको प्रधानमन्त्रीको प्रस्तावमाथि पनि छलफल हुनेछ।
विशेष समितिको बैठक अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकले‘चेन अफ कमाण्ड’ सचिबालय गठन तथा त्यसको कार्यविधिबारे टुङ्गो लगाउने बताइएको छ ।
यसअघि दुई दिन अघि बसेकोवैठकमा प्राविधिक उपसमितिले पेश गरेको सचिवालय गठन र सो अर्न्तर्गतको चेइन अफ कमाण्डका वारमो छलफल भएको थियो ।
सो बैठकले ११२ दिने कार्ययोजनाका विषयहरु अनुगमन टोलि एवं प्राविधिक उप समितिको भूमिका र माओवादी लडाकुको संगठनात्मक ढांचाका वारेमा छलफल गरेको थियो ।
प्राविधिक उपसमितिले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित आज मंगलवार वस्ने वैठकले टुङ्गो लगाउने तयारी गरेको छ ।
सरकारका मन्त्रीहरुले नै सेना समायोजनका विषयमा विवादास्पद अभिव्यक्ति दिइरहेको सन्दर्भमा आज पनि माओवादीका तर्फबाट सहभागी समितिका सदस्यहरुले आपत्ती जनाउने एक सदस्यले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks