४ सय ९८ लडाकुमात्रै वहिरगमन प्रकृयामा सहभागि हुने ।
सञ्जीव चापागाई ,झापा ११ माघ
इलामको चुलाचुलि स्थीत माओवादी लडाकुको प्रथम डिभिजनवाट अनमिनले अयोग्य प्रमाणित गरेका लाडाकुलाई आज औपचारीक रुपमा विदाई गरीदैछ ।प्रथम डिभिजन अन्तरगत इलामाको दानावारी तथा मोरङ्गको याङसीला र टाडि सीवीरमा रहेका अनमिनले अयोग्य ठहर्याएको ८ सय ७६ लडाकु मध्ये आधा जसोले सिवीर छडिसकेका कारण आज ४ सय ९८ लडाकुमात्रै वहिरगमन प्रकृयामा सहभागि हुदैछन ।
सो सिवीरमा अयोग्य ठहर्याइएका लडाकुमध्ये उमेरका कारण ६ सय ७६ जना अयोग्य ठहरीएका हुन भने अन्य लाई विभीन्न मापदण्डका आधारमा अनमिनले अयोग्य प्रमाणित गरेको हो ।अयोग्य ठहरीएका लडाकुहरुलाई झापाको विर्तामोड ,धनकुटा,इलाम , सुनसरीको इटहरी र मोरङ्ग को विराटनगरमा लगेर वसमा चडाई विदा गरीने वताइएको छ । डिभिजनमा एक कार्यक्रमको आयेजना गरी अयोग्य लडाकुको औपचारीक रुपमा विदाई गरीने प्रथम डिभीजनका कमाण्डर प्रतिक्षाले जानकारी दिनुभयो । वहिर्गमन हुने लडाकुहरुलाई वाटो खर्चस्वरुप माओवादीले १२ हजार र संयुक्तराष्ट्र संघले १० हजार रुपैया दिनेछ । कार्यक्रमका लागि संयुक्त राष्ट्र संघका प्रतिनीधि र माओवादी लडाकुका प्रतिनीधिहरु हिजै सो स्थानमा पुगि सेकेका छन ।सो सिवीरमा माओवादीका २ हजार ८ सय १६ लडाकुलाई राखिएको छ ।
यस अघि सिन्धुलीको दुधैालि,चितवनको शक्तिाखोर र नवलपरासीस्थीत सिवीरवाट अनमिनले अयोग्य ठहर्याइएका माओवादी लडाकुको विदाई गरीसकिएको छ ।देशभरका विभीन्न सीवीरमा रहेका ४ हजार ८ सय लडाकुलाई अनमिनले अयोग्य ठहर्याएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks