Loving nepal news

Wednesday, January 13, 2010

तीन जना काठ तस्कर सहित काठ पक्राउ

जिल्ला वन कार्यालय लहानले आज वु्धवार विहान सिरहाको विष्णुपरकटी वडा नम्वर ३– वाट दुई वटा काठ ट्रयाक्टर र तिन जनालाई पक्राउ गरेका छन। जिल्ला वन कार्यालय लहानका अनुसार स १ त १०४४, र स १ त १०१७ नम्वरको ट्रयाक्टरमा सखुवा अस्ना र कर्माको चिरान काठ र तक्था पक्राउ गरको जनाईएको छ।
पक्राउ पर्नेमा सिरहाको विष्णुपुर–३ निवासी २५ वर्षिया उमेश वहादुर कार्की र ट्रयाक्टर चालक सोही गाविस वाडा नम्वर–८ वस्ने कारीराम राम र सिरहाको भवानीपुर वाडा नम्वर–६ वस्ने २७ वर्षिया प्रमोद पासमान रहेको जिल्ला वन कार्यालय लहानले जनाएका छन्। वन रक्षकहरुले पक्राउ गरी हाल उनिहरुलाई वन कार्यलय लहानमाको नियन्त्रणमा राखीएको वन कार्यालय लहानले जनाएको छ।
जिल्ला वन कार्यालय लहानका प्रमुख रामानन्द प्रसाद कुर्मीका अनुसार चुरे क्षेत्रवाट काठ तस्करी वढेको कारण गस्ती टोली परिचालन गरि सो परिमाणको काठ र तस्करहरु लाई पक्राउ गरेको जनार्ईएको छ। अहिले सो काठ जिल्ला वनकार्यालय लहानमा राखिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks