Loving nepal news

Saturday, January 23, 2010

रानीले यशराज बाहिरका चलचित्रमा पनि खेल्ने



बलिउडका शसक्त अभिनेत्री रानी मुखर्जी यशराज फिल्मसको चलचित्रहरुमामात्र अभिनय गरेर वाक्क भएका छन्। उनको अन्तिम चलचित्रहरु लागा चुनरी में दाग, थोडा प्यार थोडा मैजिक तथा दिल बोले हडिप्पा यशराज बैनर फिल्मसको चलचित्रहरु थिए। हालै उनले यूटीवी स्पॉटबॉयजको चलचित्र नो वन किल्ड जेसिकामा खेल्न सहमती दिएकी छिन्।
यस चलचित्रमा विद्या बालनले जेसिकाको बहिनीको महत्वपूर्ण भुमिकामा अभिनय गर्दैछिन।
भारतको जेसिका लाल हत्याकाडंमा आधारित यस चलचित्रमा रानीले यस घट्नालाई जनताको माझ ल्याउने पत्रकारको भुमिकामा देखापर्ने भएकी हुन। यस चलचित्रको निर्देशन राजकुमार गुप्ताले गर्नेछ तथा यसको छाँयाकण फरवरी देखी हुने भएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks