पवन पौडेल तनहुँ माघ ११
नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेसले लगातार २० बर्ष नेतृत्व गर्न पाए देशले काँचुली फेर्ने दावी गर्नुभएको छ ।लोकतान्त्रिक युवा समाज चापाघाटद्धारा दमौलीमा आयोजित युवा प्रशिक्षण कार्यक्रममा बेल्दै थापाले २००७ सालयता देशको विकासका लागि कांग्रेसले प्रयास गर्दै आएपनि पटक पटक विभिन्न तत्वले अवरोध गरेकाले देशले प्रगति गर्न नसकेको बताउनुभयो ।२०४६ सालको जनआन्दोलनपछि कांग्रेसले नेपाललाई विकासको बाटोमा लैजान प्रयास गरेपनि माओवादीले शसस्त्र युद्ध शुरु गरेकाले देशको १५ बर्षको अवधि अनुत्पादक खेर गएको बताउनुभयो ।नागरिक सर्वोच्चताको जग कांग्रेसले नै स्थापित गरेको भन्दै नेता थापाले सातसालको प्रजातान्त्रिक आान्दोलनबाट यसको जग स्थापित गरिएकेा दावी गर्नुभयो ।
नेपालमा विकासको सम्भावना प्रशस्त भएपनि पद्धती र नेतृत्वको अभावका कारण नेपाल विकासको तुलनामा निकै पछाडि परेको भन्दै संगसंगै विकासको पाईलामा अगाडि बढेका देशहरु ीनकै माथि पुगिसकेको उदाहरण प्रस्तुत गर्नुभयो । अब देशको उन्नति प्रगतिका लागि हरेक क्षेत्रमा युवा सहभागिता आवश्यक रहेको नेता थापाको भनाई थियो । अर्को एक प्रसंगमा संविधान सभासद समेत रहेका थापाले माओवादीले जातीय अग्राधिकारको नारा ल्याएपनि व्यवहारमा जातीय गणराज्यमा समेत अन्य जाति प्रमुख बनाएर व्यवहारमा त्यसलाई फोस्रो सावित गरेको टिप्पणी गर्नुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks