पार्टी आमहड्तालको कार्यक्रम फिर्ता लिएपनि नागरिक सबोच्चता प्राप्ति नभएसम्म राष्ट्रपतिलाई बहिष्कार गर्ने
राजेश घिमिरे/चितवन १३ माघ
एकिकृत नेकपा माओवादी चितवनले राष्ट्रपति आउने उद्योग बाणिज्य संघको कार्यक्रम बिथोल्ने चेतावनी दिएको छ । स्वर्ण जयन्ती समारोहमा राष्ट्रपति आउने भए कार्यक्रम बहिस्कार गर्दै राष्ट्रपतिलाई कालो झण्डा देखाईने छ माओवादी चितवनकार् इन्चार्ज अनिल शर्माले भन्नु भयो यसबाट हुने दुर्घटनाको जिम्मेवार हामी हुनेछैनौ । जनआन्दोल समितिले प्रमुख अतिथि परिवर्तन गर्न आग्रह गर्दै उद्योग बाणिज्य संघमा ज्ञापन पत्र समेत बुझाएको जानकारी दिनुभयो ।
जनआन्दोलन समिति चितवनका अध्यक्ष दण्डपाणी पौडेलले राष्ट्रपति लाई नल्याउन संघलाई आग्रह गरिसकेको जानकारी दिदै यति गर्दा पनि राष्ट्रपतिलाईनै प्रमुख अतिथि बनाईए कालो झण्डा देखाउनुको बिकल्प नहुने बताउनुभयो । पार्टी आमहड्तालको कार्यक्रम फिर्ता लिएपनि नागरिक सबोच्चता प्राप्ति नभएसम्म राष्ट्रपतिलाई बहिस्कार गर्ने उहाँले बताउनुभयो ।
यता उद्योग बाणिज्य संघले भने प्रमुख अथितिमा राष्ट्रपति डा. यादबनै आउने निश्चित भईसकेकाले यसलाई परिवर्तन गर्न नसकिने जानकारी गराएको छ । माओवादीलाई संघको कार्यक्रम नबिथोल्न आग्रह गर्दै संघका अध्यक्ष मित्रराज दवाडीले माओवादीले शान्तिपुर्ण आन्दोलन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्योग बाणिज्य संघ नारायणगढले माघ १९ गते हुन लागेको स्वर्ण जयन्ती समारोहका लागि तयारी त्रि्र गतीमा अघि बढाएको छ । स्वर्ण जयन्ती समारोहका लागि संघको मवन मर्मत, गेट निर्माण लगायतका आन्तरीक तयारीहरु दु्रत गतीमा अघि बढिरहेको संघका अध्यक्ष मित्रराज दवाडीले जानकारी दिनुभयो । संघको स्वर्ण जयन्ती समारोह उद्घाटन गर्न राष्ट्रपति डाक्टर रामबरण यादव चितवन आउने कार्यक्रम तय गरिएको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks