Loving nepal news

Tuesday, January 26, 2010

´किस सिन दिन अप्ठ्यारो लागेन’

नँया पत्रिकाबाट
काठमाडौं,

एजेन्सी/ बलिउड नायिका विद्या बालनले निर्देशक अभिषेकको इस्किया फिल्ममा नायक आर्सद वारसीसँग हट टङ किस सिन दिएकी छिन् । नायिका विद्याले सो सिन दिन नमाने पनि निर्देशकको दबाबमा परेर सो सिन दिन बाध्य भएको चर्चा बलिउडमा चलेको छ ।
न्ाायिका विद्याले भने सो दृश्य दिन निर्देशकले आफूलाई दबाब नदिएको बताउँदै आफू पहिला नै सहमत भएर अभिनय गरेको दाबी गरेकी छिन् । उनले भनेकी छिन्, 'म असहमत भएको भए त्यो किस सिन गर्ने नै थिइन । आपसी सहमतिमै सो दृश्य खिचिएको हो र मलाई यसमा बिल्कुलै अपशोच लागेको छैन ।'
किस सिन दिन पटक्कै धक नलागेको बताए पनि उनले सो दृश्य सुटिङको वेलामा केही असहज महसुस भएको भने स्विकारेकी छिन् । 'सयौँ मान्छेको अगाडि किस सिन कसरी दिनु ?' सुटिङअगाडि नै निर्देशकलाई सो दृश्य खिच्ने वेलामा सेटमा एकदमै कम मान्छे हुनुपर्छ भन्ने सर्त राखेको बताउँदै उनले भनेकी छिन्, 'त्यसकारण मैले निर्देशकसँग त्यो प्रस्ताव राखेकी हुँ । उनले मेरो सर्त माने । सुटिङको वेलामा सेटमा निर्देशक, क्यामेरा म्यान, साउन्ड म्यान र अर्सद मात्रै थिए । जसकारण सहजताका साथ एक्टिङ गरे ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks