मुंबईमा भएको एक समारोहमा धेरै पछि शोलेको ख्याती प्राप्त जोडी जय र वीरू अर्थात धर्मेन्द्र तथा अमिताभ एक साथ देखा परेका थिए। अमिताभ बच्चन तथा धमेन्द्रले १६ वाँ लॉयन्स गोल्ड पुरस्कार समारोहमा एक अर्काको खुब तारिफ गरेका थिए।
अमिताभ बच्चनका अनुसार 'मेरो ठुलो दाई जस्तो धमेन्द्र सधै राम्रो व्यवहार गर्ने तथा उदार ह्रदयका हुनुहुन्छ। चलचित्र पा मा प्रोजेरिया रोगले ग्रस्त केटाको भूमिकाका लागी अमिताभ बच्चनलाई यस समारोहमा सम्मान गरेको थियो। अमिताभका अनुसार जब जब उनले धर्मन्द्र संग मदद मागे तब तब धर्मन्द्रले उनलाई सानो भाइ सम्झेर मद्यत गरेका थिए।
उता धर्मेन्द्रले पनि अमिताभ बच्चनको तारिफ गर्दे उनको अभिनयबाट सबै प्रभावित भएको तथा उनको अभिनय हालसम्म पनि उस्तै रहेको बताए। उनले ठट्टा गर्दै अगाडि भने, ' मैले धेरै पटक उनको अभिनयलाई नक्कल गर्न खोजें तर सधै पछाडि नै रहे, तर म अहिले सम्म पनि पछि पछि कुड्दै छु कहिले त समातुलाँ।' यो दोस्ती हामीले कहिल्यै छोड्ने छैनौ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks