दिल के सी दाेलखा १५ माघ
पटक पटक विद्युत अवरुद्ध हुँदा पनि बेवास्था गरेको भन्दै उपभोक्ताहरुले विरोध स्वरुप विद्युत प्राविकरण कार्यालय दोलखामा टुकी र मैन बत्ति बालेर गेटमा तालाबन्दी गरे ।
स्वतः स्फुर्त रुपमा आक्रोशित उपभोक्ताहरुले विद्युत आपूर्ती नियमित नगर्ने र महसुल लिंदा भने हर्जना लिने भन्दै चरिकोटमा रहेको काउण्टरमा समेत तालाबन्दी गरे ।
विद्युत प्राधिकरणबाट गएको सो समूहले भीमेश्वर नगरपालिकाले एक सातादेखि फोहोर नउठाउादा बजार दुर्गन्धित भएको भन्दै बजारको फोहोर उठाएर कार्यकारी प्रमुख र इन्जिनियरको कोठामा फालि दिएका छन् । सो समूह नगरपालिका पुग्दा जिम्मेवार कर्मचारीहरु भने कार्यालयमा थिएनन् । कर्मचारीहरु राज्यको तलब भत्ता खाएर नागरिकको काम नगरको भन्दै सो समूह जिल्ला विकास समितिको कार्यालय पुग्दा कर्मचारीहरु कार्यालय परिसर भित्रै भलिबल खेलेर बसेको देखेपछि आन्दोलनकारी नागरिकहरुलेे बल र नेट कार्यालयको गेटमा लगेर जलाइदिएका छन् ।
आन्दोलनमा उत्रेको सो समूहले डिभिजन सडक कार्यालयले सडक मर्मत संहारलाई बेवास्था गरेको भन्दै कार्यालय प्रमुखको् कार्यालयमा पनि तालाबन्दी गरे । सो कार्यालयमा पुग्दा ३५ जनाको दरबन्दी रहेकोमा ३ जना कर्मचारीहरुको मात्र उपस्थिति रहेका थिए । चरिकोट बजार क्षेत्रको सडक मर्मत संभार गर्नका लागि सडक कार्यालय र भीमेश्वर नगरपालिका बीच एक अर्कामा दोसोरोपन गर्दै आएका छन् । सो आन्दोलनमा चरिकोटका व्यवसायी, सञ्चारकर्मी, उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विरोध जुलुसमा सहभागीहरुले कार्यालयमा हुने भ्रष्टाचार र अनियमितताको अन्त गर, जनताको काम समयमा गर जस्ता नारा लगाएका थिए ।
चार दिनदेखि दोलखा जिल्ला पूरै अन्धकार रहादासम्म विद्युत प्राधिकरणले कहाँ विगि्रएको पत्ता लगाउन नसकेको जनाएको छ । विद्युत प्राधिकरणका सहायक इन्जिनियर उद्धव बस्नेतले इन्जिनियर केशव श्रेष्ठको नेतृत्वमा विद्युत आपूर्ती सुचारु गर्न गएको बताए ।
विद्युत आपूर्तीमा समस्या हुँदा बेलुकी उपभोक्ताहरु टुकी बालेर बस्न बाध्य छन् भने कलकारखानाहरु सञ्चारकर्मीहरु समेत त्यसबाट प्रभावित भएका छन् । गाउँ गाउँदेखि सदरमुकाम चरिकोटसम्म आएका नागरिकहरु फोटोकपी नुह्ादा समस्यामा परेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks