Loving nepal news

Wednesday, January 13, 2010

सलमानलाई रिस उठ्यो


काठमाडौं, ३० पुष (दैनिकी)

सलमान खानले आफ्नो प्रदर्शनका लागी तयार रहेको बहुचर्चित चलचित्र ‘वीर’ मा केहि परिवर्तन गर्न चाहेकोमा उक्त चलचित्रका निर्माताले सो लाई हस्विकार गरेको छ। यसबाट सलमानलाई निक्कै रिस उठेको रहेछ। यसै कुरालाई लिएर यस चलचित्रका निर्माता विजय गालानी तथार सलमान खान बीच विवाद बढेको छ। यसले गर्दा सलमान यस चलचित्रको प्रचारमा समेत नलाग्ने भएका छन्।
यस चलचित्रबाट सलमान निक्कै आशावादी रहेको तथा यसका लागी उनले निकै मेहनत समेत गरेका थिए। यस चलचित्रमा प्रमुख भुमिका निभाएका सलमानले नै पटकथा समेत लेखेका थिए। यसकारण उनले चलचित्र हेरेपछी अन्तको केही दृष्यहरु परिवर्तन गर्न चाहेका थिए।
सलमानका अनुसार यसका केही दृश्यहरुमा चलचित्रका नायिका जरीन मोटी देखिएकोले उनले यसमा परिवर्तन चाहेको थियो। तर निर्माताले यसलाई अस्विकार गरेपछी यस बिवादले उग्र रुप लिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks