Loving nepal news

Saturday, January 30, 2010

बलिउडका चर्चित चुम्मनहरु


काठमाडौं, १६ माघ (दैनिकी)

बलिउडका चलचित्रहरुमा छाँयाकंण गरिएका चुम्मनका दृष्यहरुबारे गरमा गरम बहस हुने गरेको भएता पनि हाल यस्ता दृष्यहरुलाई स्वाभाविक मानिसकेको छ। धेरै पहिले प्रदर्शनमा आएको चलचित्र बबीमा ऋषि कपूर तथा डिंपल कपाड़ियाको चुम्मन, दयावानमा माधुरी दीक्षित तथा विनोद खन्नाको चुम्मनका दृष्यहरु बारेमा निकै हल्ला भएका थिए।
अब त बलिउड यति उदार भईसक्यो की यसका चलचित्रहरुमा गे चुम्मन समेत छाँयाकंण भईसकेको छ। निर्माता तथा निर्देशक अनिल शर्माले आफ्नो आगामी चलचित्र डू यू नो वाय का लागी यस्तो दृष्य छाँयाकंण गरिएको छ। तर जे भए पनि जति भए पनि बलिउडमा छाँयाकंण भएका कतिपय फ्रेन्च किस का दृष्यहरु हाल सम्म चर्चाको शिखरमा रहेका छन्। यस्ता चुम्मनहरु भावनात्मक हुने भएतापनि बलिउडका कलाकारहरुलाई यसको छाँयाकंणमा कुनै आपत्ती नधएको देखिन्छ। यस्ता चुम्मनका दृष्यहरुलाई कतिपय राष्ट्रहरुमा बिरोध को सामना गर्नु परिरहेको हुन्छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks