2010-1-5 16:12:04
एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले वैदेशिक हस्तक्षेपले राष्ट्रिय स्वाधिनतामा खतरा उत्पन्न भएको निष्कर्ष निकाल्दै राष्ट्रिय स्वाधिनताको मुद्दालाई केन्द्रमा राखेर चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलन मार्फत अध्यक्ष दाहालले दलहरुबीच वार्ता र सहमतिको ढोका खुल्ला राख्दै अतिक्रमित सीमा क्षेत्रको भ्रमण, असमान सन्धी सम्झौता खारेजी, राजनीतिक भ48डाफोर र विरोधका कार्यक्रम सार्वजनीक गर्नुभयो।
एक प्रसंगमा अध्यक्ष दाहालले भारतबाट पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको भन्ने खबरको ख48डन गर्दै भारतले राजनीतिक चलखेल बढाउन विभिन्न खेल खेल्ने गरेको आफ्नो धारणा भएको स्पष्ट पार्नुभयो।
बाइट
कार्यक्रममा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा कुनै अन्तर विरोध नभएको प्रष्ट पार्दै पार्टी कसैको दबावमा नपर्ने धारणा राख्नुभयो। माओवादीले पौष पच्चिस गतेसम्म प्रचारात्मक र अन्तरक्रियात्मक कार्यक्रम, पौष तीस गते असमान सन्धी सम्झौताहरु देशव्यापी जलाउने, पौष सत्ताईस गते पार्टीको शिर्षस्थ नेतृत्वको अगुवाईमा अतिक्रमित सीमा क्षेत्रमा भ्रमण तथा सभा गर्ने, यसै क्रममा महाकालीमा अध्यक्ष पुष्पकमल दाहाल, पशुपतिनगरमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, सुस्तामा उपाध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने बताईएको छ। पौष एक्काईस गते देखि माघ दश गतेसम्म देशव्यापी भ48डाफोर कार्यक्रम, यसैगरी माघ नौ गते भारतीय दुतावास र सिंहदरवार अगाडी विरोध प्रदर्शन गर्ने र माघ नौ देखि दश गतेसम्म विभिन्न स्वायत्त राज्य समितिहरुको संयुक्त सभा गर्ने कार्यक्रम तय गरेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks