दुइजना गम्भिर घाइते
कपिल भट्ट/कैलाली, ११ माघ
आइतबार साँझ यात्रुबाहक जीप सेती नदीमा खस्दा बझाङमा आठ जनाको मृत्यु भएको छ भने दुइ जना गम्भिर र्घाईते भएका छन । बझाङको देउराबाट सदरमुकाम चैनपुर तर्फगइरहेको ना २ च १९०१ न.को यात्रुबाहक जीप साँझ साँढे पाँचबजे चौधारी गाँउ विकास समिति वडा नं. ६ को मोरीबगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङका प्रहरी नायव उपरीक्षक डिल्लीराज बिष्टका अनुसार मृत्यु हुनेहरुमा मटेला गाँउ विकास समिति वडा नं. २ का देवराज गिरी र बिष्णु गिरी, वडा नं.३ का चक्रजङ बहादुर सिंह, ९ का दीपक भण्डारी, ६ का जीप मालिक तथा चालक बसन्त जोशी, हेमन्ता ८ का हर्कबहादुर खड्का, मालुमेला ९ का ज्ञानु विक र भारतिय नागरिक फिरोज मुसलिम रहेका छन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बताईएको छ ।
खोडपे बझाङ जयपृथ्वीबहादुर सिंह राजमार्गको भएको सो दुर्घटनामापरी
मटेला गाविस २ का रविन्द्र गिरी र सोही गाविस ९ का अम्मर भण्डारी गम्भिर घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुको मोरीबगर स्थित भाँडे मेडिकलमा उपचार भइरहेको बताइएको छ ।
जीपमा कतिजना यात्रु सवार थिए त्या भने यकिन नभएको प्रहरीको भनाई छ । जीप सडकबाट झण्डै दुइ सय मिटर तल सेती नदीको बगरमा खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । दुघटना स्थल सदरमुकाम चैनपुरभन्दा २२ किलोमिटर दक्षिणमा पर्दछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks