सञ्जीव चापागाई ,झापा १० माघ ।
आवेदन दिएर तेस्रो मुलुक पुर्नवास भएका भुटानी शरणार्थीहरुले पुर्नवास भएकै मुलुकहरुबाट समेत स्वदेश फिर्तिको आन्दोलन शुरु गरेका छन ।आन्दोलन सुरु गरेका भुटानी सरणर्थिहरुले तेस्रो मुलुक पुर्नवास भुटानि नागरीकको उदेस्य नभएको र पुर्नवासले शरणार्थी समस्या समाधान नहुने ठहर समेत गरेका छन ।स्वदेश फिर्तिको लागी भुटानी सरकारलाई दवाव दिनुको साटो पश्चिमी धनी देशहरुले शरणार्थीको मनोभावना विपरित पुर्नवासको प्रकृया थालेकाले पुर्नवास भएकै मुलुकबाट त्यस्तो आन्दोलन शुरु गरीएको केहि महिना अघि अमेरिका पुर्नवास भएका एक भुटानी शरणार्थीले जनाएका छन्।हामी सँगको टेलिफोन कुराकानीमा उनले स्वदेश फिर्तिको आन्दोलन बुलन्द पार्न पुर्नवास भएका सात बटै मुलुकमा आन्दोलन समिति गठन भईसकेको जानकारी दिएका छन्। उनले अबको केहि दिनमै पुर्नवास भएका मुलुकमा स्वदेश फिर्तिको माग गर्दै शान्तिपूर्ण र्याली निकाल्ने तयारी भइरहेको खुलासा गरेका छन्।उनले र्यालि शान्तीपुर्ण हुने र त्यसमा हस्तक्षेप नगर्न समेत आन्दोलन समितीले त्यहाको सरकारलाई जनाइसकेकेा वताएका छन ।आन्दोलन समितीले केहिदीन अघि विज्ञप्ति नीकालेर आफुहरुकेा स्वदेश फिर्ती आन्दोलानमा सहयोग गरीदीन विस्व समुदायलाई अपिल समेत गरीएको उनले जनाएका छन ।आफ्नो परीचय नखुलाई दिन आग्रह गर्दै उनले भुटानको जोताहा प्रवृतिको विरुद्ध तेस्रो मुलुकवाटै विद्रोह गर्ने चेतावनि पनी दीएका छन ।झापा मोरङ का विभीन्न सात वाटा शरणार्थि सिवीरवाट अमेरीका अस्ट्रेलिया ,नर्वे,क्यानडा,डेनमार्क,न्युजील्याण्ड र नेदरल्याण्डमा २७ हजार भुटानी सरणार्थि पुर्नवास भइसकेका छन ।तेस्रो मुलुक पुर्नवासका लागि ८० हजार ७ सय २८ जनाले अभिरुचि देखाएर आवेदन दिएपनि सयौ सरणर्थि भुटाननै र्फकाइनुपर्ने अड्डी कसेर वसेका छन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks