अम्मर जीसी, सुर्खेत–४ माघ
सुर्खेतका एचआईभी संक्रमितहरु मध्येका पाँच जोडीले सुरक्षित तरिकाले बच्चालाई जन्म दिएका छन्। एचआईभी संक्रमित आमा र बच्चाको सुरक्षाका लागि अपनाईने पिएमटीसिटी विधि मार्फत सुरक्षित तरिकाले क्षेत्रीय अस्पताल सुर्खेतमा बच्चा जन्माईएको हो।
घाटगाउँ, जर्वुटा, उत्तरगंगा र तातापानी गाविसका एच.आई.भी संक्रमित पाँच जोडीले सुरक्षित सन्तान जन्माउन पाएकोमा खुशि व्यक्त गरेका छन्। संक्रमित महिलाले गर्भ रहेको २८ हप्तामा तालिम प्राप्त डाक्टरको प्रत्यक्ष निगरानीमा सन्तान जन्माउनुलाई सुरक्षित तरिका मानिन्छ।
सुर्खेत जिल्लामा एच.आई.भी संक्रमितको संख्या २ सय ३ जना रहेको र जसमा ९७ जना महिला, ९३ जना पुरुष र १३ जना बालबालिका रहेको रेडक्रसको तथ्यांकमा उल्लेख छ।
जिल्लामा रहेका संक्रमितमध्ये ६६ जना संक्रमितले नियमित रुपमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतबाट आयु लम्ब्याउने एआरभी औषधीको प्रयोग गरिरहेका छन्।
रेडक्रस शाखा सुर्खेत एच.आई.भी परियोजना संयोजक गोविन्द आचार्यले रेडक्रसले एच.आई.भी कार्यक्रम सञ्चालन गरेका जिल्लाका १० गाविसमा मात्रै ७० जना संक्रमितको तथ्याकं रहेको र जसमा २२ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ।
बजार क्षेत्रमा भन्दा सहरी क्षेत्रमा संक्रमितको संख्या धेरै भेटीएको बताउँदै उहाँले जिल्लामा ७ सय बढी संक्रमितको संख्या हुन सक्ने अनुमान गरिएको बताउनुभयो।
परियोजना सञ्चालित उत्तरगंगामा ८ जना, लाटीकोइलीमा १६ जना, वीरेन्द्रनगरमा ६ जना, जर्वुटामा ९ जना, साटाखानीमा १० जना, कल्याणमा २ जना, रामघाटमा ३, जना, छिन्चुमा २ जना, मैनतडामा ९ जना, मेहेलकुनामा ५ जना संक्रमितको संख्या रहेको जनाईएको छ।
रेडक्रस सुर्खेतद्वारा मेहेलकुनामा सञ्चालित रक्त परिक्षण केन्द्रमा एक बर्षमा ६ सय ३३ जनाले स्वेच्छिक रक्त परिक्षण गरेको जनाईएको छ। स्वेच्छिक रक्तपरिक्षण रहेका मध्य १२ जना पुरुष र ७ जना महिलालाई एच.आई.भी संक्रमण भेटिएका छन्।
सन २००९ मा रेडक्रस सुर्खेतले २६ हजार २ सय ६२ वटा कण्डम वितरण, ३५ जना संक्रमित र प्रभावित बालबालिकालाई शैक्षिक सहयोग, संक्रमित १० परिवारलाई आयआर्जनमा सहयोग गरेको जनाईएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks