काठमाडौं, २८ पस (दैनिकी)
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता हुने भएको छ । पार्टी एकीकरणका लागि राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाबीच हिजो साँझ भएको दुई पार्टीका नेताहरुको बैठकले दुबै पार्टीको एकीकरणपछि पार्टीको नाम राष्ट्रिय जनशक्ति प्रजातन्त्र पार्टी राखिने भएको छ । चुनाव चिन्ह र झन्डा भने पुरानै राप्रपाको राखिने भएको छ ।
एकीकरण प्रकृया अघि बढाउन विश्वबन्धु थापाको संयोजकत्वमा एकीकरण समिति बनाइएको छ । समितिले ३ महिनाभित्र गाउँ नगर जिल्ला र क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने कार्याधिकार तोकिएको छ । दुवै पार्टीले आआफ्ना कार्यसमिति यथावत राख्ने र सबै केन्द्रिय सदस्य हुने सहमति गरेका छन् । जिल्ला र क्षेत्रको संयुक्त अधिबेशन गरी कम्तीमा ३ महिनाभित्र एकता भएको घोषणा गर्ने तयारी भइरहेको छ ।
महाधिवेशन नभइञ्जेलसम्म दुबै पार्टीको केन्द्रीय समिति भने कायमै रहने भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks