Loving nepal news

Wednesday, January 6, 2010

सुजाता कोइराला लाइ कालो झण्डा

विजेता सिंह/जनकपुर,पुस २२

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजता कोइरालाले संघियता उत्तर–दक्षिणको आधारमा हुनुपर्ने बताएकी छिन्। संघियताको लागी जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति बाट पार्टी भित्रबाट नै विरोधको सामना गर्दै आइरहेकी उपप्रधानमन्त्री कोइरालाले जनकपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्वयम संघियता विरोधी नरहेको प्रस्ट पार्नुभयो।
उत्तर–दक्षिणको आधारमा संघियता ल्याउनुपर्ने र नेपालमा १५ वटा राज्य नभई ३ वटा राज्यको पक्षमा स्वयम रहेको बताउदै कोइरालाले एनेकपा माओवादी जातीको आधारमा नेपाललाई खण्ड–खण्डमा बाडी रहेको र यसबाट कसैलाई फाइदा नहुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएकी कोइरालाले टिप्पणी गर्नुभयो।
पार्टीहरु एकजुट भए एक महिना भित्रमा संविधान बन्ने उहाँले दावी गर्नुभयो।
पार्टी सभापति गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा चाडै उच्च संयन्त्र निर्माण हुने बताउदै उपप्रधानमन्त्री कोइरालाले माओवादीलाई संयन्त्रमा आउनको लागी आग्रह गर्नुभयो।
यसैविच संघियताको विरुद्ध अभिव्यक्ति दिएको विरुद्धमा आज मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताले उपप्रधानमन्त्री सुजाता कोइराला लाइ कालो झण्डा देखाएको छ। जनकपुरको स्थानिय शिवचौकमा परराष्ट्रमन्त्री समेत रहेकी कोइरालालाई उनिहरुले कालो झण्डा देखाएको हो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks