काठमाडौं, १४ माघ(दैनिकी)
पोखराको गुप्तेश्वर गुफा भित्र छिरेका ३ विदेशी पर्यटकहरु बेपत्ता भएका छन् । वेपत्ता हुनेमा २ अस्टलियन र १ भारतीय पर्यटक छन् । हिजो साँझ ५ बजे गुफा अवलोकनका लागि भित्र छिरेका उनीहरु आज विहानसम्म पनि नफर्किएपछि वेपत्ता भएको अनुमान गरि खोजी थालिएको छ । पर्यटकहरुको खोजीका लागि २० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बेपत्ता पर्यटकहरुको आज बिहानैबाट खोजी कार्य जारी राखेको छ । प्रहरी स्थानीयबासी पर्यटन ब्यवसायीको सहयोगमा गुप्तेश्वर गुफाभित्र र आसपासको क्षेत्रमा खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ । बेपत्ता हुने तीनैजना पुरुष हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन ।
गुफाभित्र छिरिसकेपछि पनि विभिन्न खालका द्धारहरु रहेकोले उनीहरु त्यसभित्र छिरेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि अवलोकनका क्रममा उनीहरु हराए वा अन्यत्रै गए भन्ने यकिन हुन सकेको छैन ।
पर्यटकहरुको लागि आकर्षक थलोको रुपमा रहेको गुप्तेश्वर गुफा डेभिडफलबाट दुई सय टाढा रहॆको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks