Loving nepal news

Sunday, January 31, 2010

प्लाटुन उपकमाण्डर समेत चोरी धन्दामा

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा १७ पुस

जिल्लाका विभिन्न स्थानहरुमा चोरी गर्दै हिड्ने माओवादीका प्लाटुन उपकमाण्डार सहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत गुल्मीले आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार झण्डै एक महिना अगाडि पक्राउ परेका हाडहाडे गाविस वडा नं. १ का सितल भन्ने गोपाल नेपाली र मैते नेपाली, सोही गाविसकै वडा नं. ४ का अनिल वस्नेत र हेमन्त भलामीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पक्राउ परेका मध्ये गोपाल नेपाली नेपाली जनमुक्ति सेना नेपालको चौथो डिभिजनका प्लाटुन कमाण्डर रहेका छन् । परिचय पत्र नं. १७६० रहेका गोपाल नेपाली आफू अनमिनको प्रमाणीकरणमा परेको वताएका छन् ।
९ जनाको समुह रहेका उनीहरु मध्ये ५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका गोपाल नेपालीले आफ्नो समूहका अन्य फरार एक जना जनमुक्ति सेनाकै भएको र अर्का एक जना अर्घाँखाँची जिल्लाको माओवादी निकट दलित मुक्ति मोर्चाको जिल्ला सदस्य भएको वताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks