Loving nepal news

Sunday, January 24, 2010

साहित्य सन्ध्या खेम बानियाँ स्मृति विशेष

यादव चौलागाई हेटौँडा,९माघ

सहित्य सङ्गम मकवानपुरको १ सय ७१ औ सन्ध्या खेम बानियाा स्मृति विशेषको रुपमा शनिबार मनाइएको छ । साहित्य सङ्गम तथा तरङ्ग साास्कृतिक परिषद्ले स्वर्गीय खेम बानियााको स्मृतिमा विशेष कार्यक्रम गरेको हो ।सङ्गमका पूर्व सह-सचिव तथा परिषद्का संस्थापक स्वर्गीय बानियााको स्मृति दिवसको सन्दर्भमा विशेष कार्यक्रम भएको सङ्गमका सचिव रामशरण पुडासैनीले जानकारी दिनुभयो। सङ्गमका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको कार्यक्रममा सङ्गमका सस्थापक उपाध्यक्ष कौशल पाण्डे, नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष आरसी रिजाल, सहित्यकार तुल्सी थापा, तुलसी घिमिरे, रमेशमोहन अधिकारी, भीमप्रसाद भट्टराई, माधव भण्डारी, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष डा गणेशकुमार पौडेल, मातृभूमि साहित्य समाज हेटौाडाका अध्यक्ष देवराज खरेल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष खेम बोलखे लगायतले स्वर्गीय खेम बानियााको विषयमा रचनावाचन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks