चितवन २८ पुस(दैनिकी)
पश्चिम चितवनमा विगत ४ दिनदेखि गैडाले आतङक मच्चाएको छ। चितवन राष्ट्रीय निकुञ्जबाट गाउँमा प्रवेश गरेको गैडाले पश्चिम चितवनका गितानगर, पटियानी , शिवनगर , फुलवारी लगायतका क्षेत्रका बासीन्दालाइ भयवित बनाएको छ।
पछिल्लो समयमा गैडाको आक्रमणबाट यहा ४ जना घाइते भइसकेका छन्। २ दिन अगाडी मात्रै पारसनगरका ५० बर्षीय लिलाधर पौडेल र फुलबारीकी ५६ बर्षीया टिकामाया राउत लाइ गैडाले आक्रमण गरी घाइते बनाएको थियो ।
४ दिनदेखि बस्तीमा पसेको गैडा जङगल नफर्कीएकाले यहाका बासीन्दाहरु त्रसीत बनेका हुन् । बस्तीमा पसेको गैडालाइ जङगल फिर्ता गराउनका लागि अहिले चितवन राष्ट्रीय निकुञ्जबाट ५ ओटा हात्तीसहितको संरक्षण टोली खटिएको इलाका प्रहरी कार्यलय गितानगरका अमृत लामिछानेले जानकारी दिनुभयो।
गैडाले खेतमा लगाइएको गहुँ , राजमा, आलु, मुसुरोलगायतका बालीनाली पनि नष्ट गरेको स्थानीय हृदय न्यौपानेले जानकारी दिनुभएको छ। यसभन्दा अगाडि पनि गैडा, निगाले चितुवालगायतका जङगली जनावरहरुले यस क्षेत्रका बासीन्दालाइ आतङकीत तुल्याउदै आएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks