काठमाडौं, १ माघ (दैनिकी)
पालको ३ दिने औपचारीक भ्रमणको लागि भारतीय विदेशमन्त्री एसएम कृष्णा आज नेपाल आउदैहुनुहुन्छ । भारतीय विदेशमन्त्री कृष्णा विहान ११ बजे काठमाडौ आइपुग्ने कार्यक्रम छ । भ्रमण टोलीमा विदेश सचिव अनुपमा राव र विदेशमन्त्रालयका पाँच अधिकारी पनि सहभागी रहनेछन् । भारतीय विदेश मन्त्री कृष्णाले आइपुगे लगत्तै विदेशमनत्री कृष्णाले आजैबाट भेटघाटलाई तिव्रता दिनुहुनेछ । यसैक्रममा दिउसो उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोईरासंग भेटघाट गरि विभीन्न ५ विषयका सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ग्रामीण विद्युतकिरण नेपाल स्टक एक्सचेञ्ज र बम्बे स्टक एक्सचेञ्ज हुलाक सडक निर्माण प्रहरी एकेडेमी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कृष्णाले आजै अपरान्ह चार बजे प्रधानमनत्री माधवकुमार नेपालसंग भेटवार्ता गरि दुई मुलुक विचको सहयोग आदानप्रदनका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ । विदेशमन्त्री कुष्णाको भ्रमणका क्रममा नेपालले गण्डक बाँधबाट डुबान पिडीतलाई राहत २ वटा अन्तरसीमा रेलमार्ग निर्माण नौमुरै जलविद्युत परियोजना कार्यान्वयन वाग्मती सफाइ अभियान विद्युत प्रशारण लाईन निर्माण लगायत दर्जन बढी मुद्दा उठाउने बुझएको छ ।
नेपाल बसाईका क्रममा कृष्णाले कंगै्रश सभापती गिरीजाप्रसाद् कोईराला माओवादी अध्यक्ष प्रचण्ड उपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायतका उच्च अधिकारीहरु संग भेटवार्ता गर्नुहुने कार्यक्रम छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks