प्रकाश डोटेल स्याङ्जा, माघ १ गते
नेपाली कांग्रेसका केन्द्रिय उपसभापति गोपालमान श्रेष्ठले एकीकृत नेकपा माओवादीका लडाकुलाई शिबिरमा राखेर संविधान जारी हुन नसक्ने बताउनुभएको छ। उहांले जनसेना समायोजन नभई संविधान जारी भए त्यो लोकतन्त्रका लागि खतरा हुने जिकिर गर्नुभयो।
यदि सेना संमायोजन विना संविधान जारी भए त्यो क्षण राष्ट्रकै लागि सबैभन्दा दुःखद क्षण हुने उपसभापति श्रेष्ठको भनाई थियो। तोकिएको समयमा संविधान जारी हुन नदिन माओवादीले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको बेमौसमी आन्दोलन गरेको आरोप लगाउनुभयो।
नेपाल प्रेस यूनियन स्याङ्जा शाखाले जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका स्थित पार्टी कार्यालयमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले उक्त कुरा बताउनुभएको हो।
माओवादीले बिस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार सहयोग गरेमा सेना समायोजन हुने र निर्धारित समयमै संविधान बन्ने स्पष्ट पार्दै उपसभापति श्रेष्ठले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन बाईसिएलको अर्धसैनिक संरचना विघटन गर्नुपर्ने बताउनुभयो।
पत्रकारको एक अर्को प्रश्नमा उपसभापति श्रेष्ठले राज्य पूर्नसंरचनाका बारेमा दलहरु विच भिन्नभिन्न बिचार रहेको हुदा त्यसको सहि निकास विज्ञहरुलाई जिम्मा दिनुपर्ने धारण व्यक्त गर्दै उहांले भन्नुभयो, राज्यको सहि पूर्नसंरचना गर्न राज्य पूर्नसंरचना आयोगलाई पूर्णता दिएर क्रियाकिशल बनाउनु पर्छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका बारेमा गरिएको प्रश्नमा उपसभापति श्रेष्ठले संयन्त्रको कामलाई प्रभावकारी बनाउन मघेशबादी दलसहित ठूला दललाई समेटनुपर्नें धारणा राख्नुभयो।
त्यस्ते पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केनिद्रय सदस्य एवं आदीवासी जनजाती सभाषद आवद्ध संस्था (ककास) का सभापति इन्द्रबहादुर गुरुङ्ले सिमा समस्याको हल माओवादीको सडक आन्दोलन गर्न नसक्ने बताउर्दै भन्नुभयो, समाधानका लागि कुटनितिक प्रयास हुनुपर्छ। त्यस अवसरमा नेपाली कांग्रेस स्याङ्जाका सहसभापति कमलप्रसाद पंगेनीले बोल्नुभएको थियो।
नेपाल प्रेस यूनियन स्याङ्जाका अध्यक्ष प्रेमराज पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन यूनियनका कोषाध्यक्ष भवानी अधिकारी संचालन गर्नुभएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks