Loving nepal news

Tuesday, January 26, 2010

चिट चोर्न नदिएको भन्दै शिक्षक माथि हातपात

चिरञ्जीवी मास्के/ दोलखा १२ माघ

चरिकोट/ चिट चोर्न नदिएको निहुमा शिक्षक माथि हातपात गर्ने दोलखाको दक्षिणी ताम्चेत दुधपोखरी गाँउका दुई विद्यार्थिलाई सोमवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताम्चेत दुधपोखरी गाविस वडा नं ८ स्थित कल्लावारी माध्यामीक विद्यालयमा कक्षा ९ मा अध्यन गर्ने विगुलाल तमाङ र कक्षा ८ मा अध्यन गर्ने असुशन तमाङले चिट चोर्न नदिएको भन्दै आईतवार विद्यालयका शिक्षक चन्द्रलाल घिसिङलाई हातपात गरेको विद्यालयले जनाएको छ ।
कुटपिटमा संलग्न विद्यार्थिलाई सोमवार ईलाका प्रहरी कार्यालय मागापौवाको प्रहरी टोलिले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याईएको र टुटपिटबारे छानविन भै रहेको प्रहरी सहायक निरीक्षक रञ्जन अवाले जानकारी दिनु भयो । शिक्षक घिसिङ माथि हातपात भएपछि असुरक्षित महसुस गरी कक्षा १० को टेष्ट परिक्षा बाहेक अन्य सम्पूर्ण परिक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश तमाङले बताउनु भयो । शिक्षकको सुरक्षाको ग्यारेण्टी नभए सम्म सम्पूर्ण शिक्षकहरु जिल्ला शिक्षा कार्यालयमा आई हाजिर हुने निर्णय समेत गरिएको प्रधानाध्यापक तमाङले बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks