Loving nepal news

Tuesday, January 19, 2010

अमेरिकाले माओवादीलाई आतंककारी सूचीबाट हटाउने

काठमाडौं, ५ माघ (दैनिकी)

अमेरिकाले माओवादीलाई आतंककारी सूचीबाट हटाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धि प्रमुख उपसहायक मन्त्री प्याट्रिक मुनले आज बिहान एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसंग भेटका क्रममा सो जानकारी दिनु भएको हो । भेटमा माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई आतंककारी सूचीबाट हटाउन आग्रह गर्नु भएको र प्रतिक्रियामा उपसहायक विदेशमन्त्री मुनले अमेरिकाले माओवादीसँग पनि अन्य राजनीतिक दलहरु सरह सम्बन्ध राख्न चाहेको बताउनु भएको माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिनुभयो।
दाहालसँगको भेटमा मुनले वाइसिएलको गतिविधि, शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे पनि चासो व्यक्त गर्नुभएको महराले जानकारी दिनुभयो। द्वन्दकालमा माओवादीलाई आतंककारी सूचीमा राखेको अमेरिकाले शान्ति प्रक्रियापछि पनि माओवादी गतिविधि शान्तिपूर्ण नदेखिएको भन्दै आतंककारीको सूचीबाट हटाएको छैन।
भेटवार्तामा उहाँले नेपालको शान्ति प्रकृया र माओवादी आन्दोलनबाबारे छलफल गर्नु भएको थियो ।
चार दिने नेपाल भ्रमणका क्रममा आईतबार काठमाण्डौ आइपुग्नु भएका मुनले राजनितीक दलका नेतासंगै नागरिक समाजका प्रतिनिधिमानबअधिकारकर्मी र अन्तराष्ट्रिय निकायका नेपाल प्रमुख लगायत सँग भेट गर्नु जनाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks