काठमाडौं, १७ माघ (दैनिकी)
एकीकृत नेकपा माओवादीले सेना समायोजन उच्चस्तरीय राजनीतिक संयन्त्र र आगमी आन्दोलनको बारेमा आज पार्टीको औपचारिक धारणा सार्वजानिक गर्ने भएको छ ।
एकीकृत माओवादीको राजधानीमा जारी स्थायी कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रस्ताबमाथि नेताहरुको छलफल सकिएकाले आज सेना समायोजन उच्चस्तरीय संयन्त्र र आगामी आन्दोलन लगायतका महत्वपूर्ण एजेण्डाहरुमा ठोस धारणा सार्वजानिक गर्ने प्रवक्ता एवं स्थायी समिति सदस्य दिनानाथ शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताबमाथि स्थायी कमिटी सदस्यहरुले बोल्ने क्रम हिजो सकिएको थियो । सदस्यहरुले उठाएको जिज्ञाशाको प्रचण्डले आजको बैठकमा जवाफ दिनुहुने प्रवक्ता शर्माले बताउनु भयो ।
माओबादीले आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने भन्दै अनिश्चितकालिन बन्द या हडतालका कार्यक्रम नहुने स्पष्ट पारेको छ ।
बैठक विगत पाँच दिन देखि जारी रहेको छ । बैठकमा नयाँ राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल हुने प्रबक्ता शर्माले जानकारी दिनु भयो । उहाँले अहिले पार्टीमा काँग्रेस संग मिलेर सरकार बनाउने बिषयमा कुनैपनि छलफल नभएको उल्लेख गर्नु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks