Loving nepal news

Saturday, January 23, 2010

यौन क्रियाकलापमा संलग्न रहेको आशंकामा २६ जना पक्राउ

राजेश घिमिरे/चितवन ९ माघ

नारायणगढका विभिन्न होटल तथा लजहरुमा यौन क्रियाकलापमा संलग्न रहेको आशंकामा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ । माओवादीको भातृ संगठन योङ् कम्युनिष्ठ लिग वाईसियलको सुचनाका आधारमा नारायणगढका विभिन्न होटल तथा लजहरुबाट उनीहरुलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । प्रहरी र वाईसियलले नारायणगढको होटल गंगोत्री बाट चार जना, मुनलाईट होटलबाट ८ जना, होटल सतनचुलीबाट ४ जना, होटल सौगातबाट ८ जना तथा होटल सिटि भ्युवाट दुइ जनालाई नियन्त्रणमा लिएका हुन् ।
विभिन्न होटलहरुमा यौन क्रियाकलापमा संलग्नहरु रहेको वाईसियलले जानकारी गराएपछि वडा प्रहरी कार्यालय नारायणगढको टोलीले शुक्रवार राती ११ बजे बाट दर्ुइ बजे सम्म होटलहरुबाट २६ जनालाई नियन्त्रण लिएको वाईसियल चितवनका अध्यक्ष सशक्तशरण गोले अभिषेकले जानकारी दिनुभयो । उहा“का अनुसार पक्राउ पर्नेहरु विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थामा कार्यरत, राजनीतिक दलहरुस“ग नाम जोडिएका तथा संचारकर्मि समेत छन् ।
पक्राउ पर्ने १३ पुरुष र १३ महिला मध्ये चार जोडिले विवाह गर्ने प्रतिबद्धता गरेको र केहीले विवाह गरिसकेको प्रमाण पेश गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएका सवैलाई आगामि दिनमा यस्ता क्रियाकलाप नदोहोर्‍याउने प्रतिबद्धता पश्चात आफन्तको जिम्मा लगाएर छाडिएको प्रहरी निरिक्षक राधाप्रसाद पराजुलीले जानकारी दिनुभयो

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks