Loving nepal news

Saturday, January 30, 2010

शान्ति प्रकृयालाइ तार्किक निष्कर्षा पुर्‍याउनु बर्तकमन

मुलुकमा शिक्षा क्षेत्रको बिकास हुन नसकेको भन्दै शिक्षा क्षेत्रलाई नयां दिशा दिनु पर्ने
संजय सौगात बुटवल १६ माघ

प्रधानमन्त्री माधव कुमार नेपालले राजनितिक दलहरु जिम्मेवार भएमा समयमै संविधान बन्ने बताउनुभएको छ । नेपाल कोरिया इन्स्टिच्युट अफ टेक्नोलोजीको बुटवल-१४ तामनगरमा शिलन्यास गदै उहाँले सविधान निर्माण गर्ने र शान्ति प्रकृयालाइ तार्किक निष्कर्षा पुर्‍याउनु अफ्नो सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
बेरोजगारीको अन्त्यका लागि समग्र निति नै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । समृद्धि र अधुनिक मुलक बनाउनका लागि दक्ष जनशक्ति र भौतिक सरचनाको खाँचो औल्याउदै उहाँले त्यसका लागि प्राविधिक शिक्षा चाहिने बताउनुभयो । निजी क्षेत्र र हामीसँगको स्रोत सधान उपयोग गर्न सके रोजगारीको प्रशस्त सभंवना बनाउन सकिने उहाँको भनाइ थियो।
देशलाइ अगडि बढाउनका लागि तीन ओटा अधारभुत कुराको विकासका गर्नु जरुरी रहेको उहाँको भनाइ थियो। प्रधानमन्त्री नेपालले ५० वर्ष अगाडीको कोरियाको उदाहरण दिदै प्राविधीक शिक्षाको विकास, दलमा मिलाप भएर अहिलेको अवस्थामा आएको बताउदै नेपालमा पनि प्राविधीक शिक्षामा विकास र दलमा मिलाप भएमा कोरिया भन्दा कम नहुने दावी गर्नुभयो ।
सोही कार्यक्रममा सिंचाई मन्त्री बालकृष्ण खांडले आर्थिक बिकासको केन्द्र बिन्दु बुटवल भएका कारण पनि यस्ता खाले शिक्षालयले रोजगारीको सिर्जना गर्ने र मुलुको आर्थिक बिकासमा टेवा पूर्याउने दावी गर्नु भयो । उहांले नेपाल कोरिया इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापनाले लुम्बिनी अञ्चलकै बिद्याँर्थीलाई सेवा गर्नु सक्ने हो भने लुम्बिनीको मात्र नभएर मुलुककै बिकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । त्यसै गरी शिक्षा राज्य मन्त्रि गोबिन्द चौधरीले मुलुकमा शिक्षा क्षेत्रको बिकास हुन नसकेको भन्दै शिक्षा क्षेत्रलाई नयां दिशा दिनु पर्ने बताउनु भयो । नेपालका लागि कोरियाली राजदुत होड्डसोड्डमोड्डले पहिले कोरियाको पनि अवस्था नेपालको भन्दा फरक नभएको, कोरीयाली नागरिक पनि रोजगारीका लागि बिदेश धाउने प्रचलन भएको र मलुकमा प्रबिधिक शिक्षाको बिकासले कोरिया यहां सम्म आएको बताउनु भयो ।
यसैबिच उपप्रधानमन्त्रि तथा पररराष्ट्रमन्त्रि सुजाता कोइराला उच्च स्तरीय राजनितिक सयन्त्रले सवै समास्या हल गर्ने बताउनुभएको छ । रिपोर्टस क्लव लुम्विनीले बुटवलमा आयोजना गरको सत्क्षाकार कार्यक्रममा बौल्दै हुदै उहाँले यो सयन्त्रको कृयाशीलताले सवै समास्याको निराकरण गर्ने पनि बताउनुभयो । सविधान निर्माण भन्दा पहिले माओवादी लडाकुको समयोजन जरुरी रहेको भन्दै उहाँले लडाकु समयोजन अघि नै सविधान बने त्यसले समास्या निम्ताउने दावी पनि गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks