Loving nepal news

Friday, January 1, 2010

बाघको आक्रमणबाट एकको मृत्यु, गैडाको आक्रमणमा परि एक घाईते

राजेश घिमिरे/चितवन १७ पुस

पुर्वी चितवनको रनपा ४ देवौलीमा रहेको चित्रसेन मध्यबर्ति सामुदायीक बनमा बाघको आक्रमण बाट आज बिहान एकजनाको ज्यान गएको छ। सामुदायीक बनमा घास दाउरा काट्न गएका स्थानिय महराज महतोको गैडाको आक्रमण बाट ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ। बाघको आक्रमणबाट गंभिर घाईते भएका महतोको उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच गैडाको अक्रमणबाट सोही बनमा दाउरा काट्न गएका एक जना घाईते भएका छन्। रनपा ५ बस्ने ४० बर्षीय यमनाथ चापागाई गैडाको आक्रमणबाट घाईते भएका हुन्। उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks