Loving nepal news

Monday, January 11, 2010

उच्चस्तरिय संयन्त्रको कुनै तुक छैनः ओली

"यो तीन जना नेताको समिति हो, उच्च स्तरिय संयन्त्र होइन"
सुदिप श्रेष्ठ इलाम २८,पुस

नेकपा एमालेका स्थायी समितिका सदस्य केपी शर्मा ओलीले भरखरै गठन गरिएको उच्च स्तरिय संयन्त्रप्रति असहमति प्रकट गर्दै दलहरुबीच प्रसस्त छलफल नभई गठन गरिएको उच्चस्तरिय संयन्त्रको कुनै तुक नरहेको बताउनु भएको छ।
उहाँले संवैधानिक हैसियत नभएको, अधिकार कर्तव्य र समायवधि केही स्पष्ट नभएको उच्चस्तरिय राजनीतिक संयन्त्रको कुनै महत्व नभएको बताउनुभयो। "यो तीन जना नेताको समिति हो, उच्च स्तरिय संयन्त्र होइन"-नेकपा एमालेको पाँचथर अधिवेशनमा जाने क्रममा मंगलबार विहान इलाममा पत्रकारहरुसंग कुरा गर्दै उहाँले भन्नुभयो "तीन नेताहरु बीच सधै भेट भएकै हो केही फरक पर्दैन।"
उहाँले माओवादीको अहिलेको आन्दोलनको औचित्य नभएको बताउनुभएको छ।
उहाँले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको नाममा माओवादीले गरिरहेको आन्दोलनको औचित्य नभएको भन्दैं कला विहिन नाटकको संज्ञा दिनुभएको छ।
'माओवादीले पर्दा सधै खुल्ला रहने कलाविहिन खुल्ला नाटक गरिरहेका मात्र हुन्।' उहाँले भन्नुभयो,'माओवादीको यो तमासा बाहेक केही होइन।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks