Loving nepal news

Monday, January 11, 2010

बच्चाहरुलाई प्रोत्साहन गर्नुपर्ने:आमिर


काठमाडौं, २८ पुष (दैनिकी)

बलिउडका प्रसिद्ध अभिनेता आमिर खानका अनुसार बच्चाहरु कण्ठ घोक्न लगाउनु भन्दा उनीहरुले बुझन जरुरी रहेको बताए। यसका लागी बच्चाहरुलाई प्रश्न गर्न प्रोत्साहन गरिनु जरुरी रहेको समेत बताए।
शन २००७ मा आमिरले कम दिमाग भएका बच्चाहरुकफ मानसिक अवस्था दर्साउने तारे जमीन पर नामक चलचित्र बनाएर सबैको स्याबासी पाएका थिए। अहिले फेरी उनले पढाईको तरिका बारे बनाएको नँया चलचित्र थ्री इडियट्सले तहलका मच्चाईरहेको छ। यस चलचित्रमा मानिसहरुलाई पढ्न दवाव भन्दा मनोबैज्ञानिक तरिका अपनाउन जरुरी रहेको देखाईएको छ। आमिरका अनुसार अहिलेको शिक्षामा पढेर बुझाउनु भन्दा नम्बर बढी ल्याउने कसरी भनेर ध्यान दिईने हुदाँ बच्चाहरुमा बढी रट्ने तिर लागेको बताए। तर बास्तबमा बच्चाहरुलाई नम्बर भन्दा ज्ञानको बढी आवश्यकता रहेको तथ्यलाई कसैले नकार्न नसक्ने कुरा आमिरले चलचित्र थ्री इडियट्स मार्फत जनताहरुको माझमा ल्याएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks