आज नेपालमा के भयो? के तपाईं अनभिज्ञ हुनुहुन्छ? हामी भन्छौ तपाइलाइ! हरेक दिनको ताजा खबर हामी दिन्छौं तपाईंलाई! तपाइको मद्दतले हामीलाई प्रेरणा दिनेछ|
Saturday, January 2, 2010
प्रधानमन्त्री माधवकुमार नेपालसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जाङ वङ्ग चोलद्धारा भेट
प्रधानमन्त्री माधवकुमार नेपालसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जाङ वङ्ग चोलले भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान भएको भेटमा आपसी हित र दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो। राजदूत चोलले प्रधानमन्त्री नेपालको नेतृत्वमा नेपालले शान्ति, स्थायित्व, नयाँ संविधान र समृद्धि हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभयो। नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका बीचमा लामो समयदेखि हार्दिक र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै यसमा अझै विस्तार हुने अपेक्षा राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो। प्रधानमन्त्री नेपालले कोरियाको विकास र समृद्धिको कामना गर्दै कोरियाली नेता किम जोङ इलको नेतृत्वमा कोरियाली जनताको प्रगतिको कामना गर्नुभयो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks