Loving nepal news

Sunday, January 17, 2010

बन्दका कारण इलामको जनजिवन प्रभावित

सुदिप श्रेष्ठ इलाम ३ माघ

संघीय लिम्बुवान परिषद्ले आवाहृन गरेकेा बन्दले इलामको जनजिवन प्रभावित भएको छ। परिषद्ले हिजोदेखि गरेको बन्दका कारण इलामको जनजिवन प्रभावित भएको हो।
बन्दका कारण इलामका बजार कलकारखाना, शिक्षण संस्था ठप्प रहेका छन् । बन्दका कारण मेची राजमार्गमा सावारी साधन नचल्दा इलाम, पाँचथर र ताप्लेजुङ्गको जनजिवन प्रभावित भएको जिल्ला प्रहरी कार्यलय इलाम जनाएको छ । पक्राउ परेका कार्यकर्ताको रिहाई, मृतक कार्यकर्तालाई सहिद घोषणा र घाईतको उपचार गराउनुपर्ने माग राख्दै परिषद्ले अनिश्चितकालिन इलाम बन्दको आव्हान गरेको हो । पूर्व सुचना बिना आव्हान गरेको बन्दका कारण सयौ यात्रुले सास्ति भोग्न बाध्य भएका थिए।
परिषद्का कार्यकर्ता प्रविण फागो र राजा राईलाई बिहिबार मेची राजमार्गको बर्ने सडक खण्डबाट अबैध कर लिदै गर्दा पक्राउ गरेको थियो। पक्राउ परेका परिषद्का कार्यकर्तालाई इलाका प्रहरी कार्यलय काकरभिट्टाले शुक्राबार झापा जिल्ला अदालतमा चन्दा ऐन अन्तरगत मुद्धा दायर गरेको छ । मुद्धा अनुसार उनीहरुलाई जिल्ला अदालत झापाले थुनामा राख्न आदेश दिएसकेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks