आजको युगमा ब्लगको महत्व महसुश भएको छ
काठमाडौं, २० पुष (दैनिकी)
चलचित्र थ्री इडियट्सको पात्र तथा कथा चेतन भगतको फाइव प्वाइंट समवान नामक उपन्यासबाट लिई त्यसमा केहि परिवर्तनका साथ चलचित्र बनेको बिवादले हिन्दी चलचित्र जगतमा तहलका मच्चाएको थियो । अब यस उपन्यासका लेखक चेतन भगतले यसलाई ब्लगमा राखे पछी यस बिवादले अझ बढी चर्चा पाएको छ।
वक्त नामको ब्लगमा यसबारे बिभिन्न प्रतिक्रियाहरु आइरहेको छ। यसबाट सबैलाई आजको युगमा ब्लगको महत्व महसुश भएको छ। यस ब्लगमा मानिसहरुले आफ्ना बिचारहरु खुलेर प्रतिक्रियाको रुपमा पोखेका छन्।
यस ब्लगमा अग्रेजीका पाठकहरु जसले चेतन भगतको फाइव प्वाइंट समवान तथा थ्री इडियट्स दुबै हेरे उनीहरुले चेतन भगतको दावीलाई बल दिएका छन्। तर कतिपय हिन्दी भाषीहरुले चेतनले उपन्यासलाई हिन्दीमा लेखेमा हिन्दी भाषाको महत्व तथा शक्ती बुझ्ने भनेर प्रतिक्रिया दिएका छन्। समस्तमा यस विवादले ब्लगलाई निकै फाइदा पुगेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks