2010-1-3 10:58:54
गुल्मीको रुपाकोटमा भएको दुर्घटनामा परी घाईते भएका दुई जनाको पाल्पा तानसेनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी शान्तिपुरका २० बर्षिय रणबहादुर सुनार र भार्से दुईका चौविस बर्षिय चित्रबहादुर श्रीस रहेका छन्। यसै गरी उपचार गराईरहेका चारजनाको अबस्था अझै गंभिर रहेको मिसन अस्पतालले जनाएको छ। गंभिर घाईते हुनेहरुमा गुल्मी गोवादी दईका धनबहादुर थापा, वडा नं चार की बाइस बर्षीया मिना राना, फोक्सिङ्गकोट आठका चौंवालिस बर्षीय सन्तबहादुर काउछा र वडा नं ४ का सोम बहादुर घर्ति रहेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks