स्याङ्जाको जगतभज्याङ् गाउं विकास समिति वार्ड नं.२ स्थित पित्लेकका स्थानिय कृषकले उतपादन गरेको गोलभेडा भारतको नौतनहवा बजारमा विक्रीका लागि पुर्याइने गरिएको छ।
वि.सं २०६३ सालमा जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको सहयोगमा स्थापना गरिएको स्थानिय जनकल्याण कृषि सहकारी संस्थासंँग आवद्ध स्थानिय कृषकहरुको सक्रियतामा उत्पादन गरिएको गोलभेडा विक्रीका लागि भारतीय शहरमा पुर्याएने गरिएको हो।
जिल्ला कृषि विकास कार्यालयको साना सिंचाई कार्यक्रम अर्न्तगत पित्लेकमा गोलभेडा खेती गर्न थालिएको थियो। ग्रामीण यातायातको सुविधा र व्यापारिहरु बिच प्रतिस्पर्धाले त्यहां उत्पादीत गोलभेडा निर्यात गरिएको स्थानिय अगुवा कृषक यज्ञप्रसाद लामिछानेले बताउनुभयो।
त्यस क्षेत्रका करिव १ सय ४२ घरधुरीले प्रतिघरले ३ देखि ७ रोपनी निजी जग्गामा गोलभेडा खेती गर्ने गरेका छन्। लामिछानेका अनुसार, गोलभेडा खेतीमा वर्षिक १ लाखसम्म आम्दानी गर्न कृषकहरु सफल भएका छन्। एक पटक लगाएको गोलभेडाका विरुवाले तीन पटकसम्म उत्पादन दिने गरेको छ।
कृषकहरुले मौसम अनुसार गोलभेडा विक्रीबाट प्रति किलो १० देखि ४५ रुपैयाँसम्म मुल्य पाउने गरेका छन्। आफुले लगाउंदै आएको उइनसरी जातका गोलभेडाले बढि उत्पादन दिने गरेको स्थानिय कृषकहरुको भनाई रहेको छ।
रोजगारीका लागि विदेश गएका स्थानिय युवाहरु विदेशबाट र्फकेपछि तरकारी खेतीतर्फ आकर्षित हुने गरेको जनकल्याण सहकारी संस्थाका अध्यक्ष निलकष्ठ लामिछानेले बताउनुभयो, अध्यक्ष लामिछानेका अनुसार गोलभेडा वाहेक कृषकहरुले अदुवा र सुन्तला पनि उत्पादन गर्न थालेका छन्।
स्याङ्जा जिल्ला सहित पश्चिमाञ्चलका १६ वटै जिल्लामा मौसमी तथा बेमौसमी तरकारी खेतीलाई व्यवसायीक बनाउन कृषि विकास क्षेत्रिय निर्देशनालयले प्रयास गरेको क्षेत्रिय निर्देशक विरेन्द्रबहादुर हमालले बताउनुभयो। कृषिप्रदान देश भएर पनि सरकारले कृषि क्षेत्रमा जम्मा ३ प्रतिशत मात्र लगानी गरेकोमा दुखेसो गर्नुभयो।
जिल्लामा उत्पादनी कृषिजन्य बस्तुको बजार राम्रो भएपछि यहांका कृषकहरु कृषिपेशा तर्फ आर्क्रषण बढेको छ। जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख चेतनाथ अधिकारीले जिल्लामा ३ स्थानमा कृषिजन्य वस्तु संकलन केन्द्र स्थापन गरिएको बताउनुभयो।
कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुलाई संकलन केन्द्रकम सहजरुपमा पुर्याउन सहयोग होस भनेर जिल्ला कृषि विकास कार्यालयले जिल्लाको उत्तरी भेगलाई प्रगतिनगर, मध्ये भागलाई त्रियासी र दक्षिण क्षेत्रलाई गल्याङ् संकलन केन्द्र तोकेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks