Loving nepal news

Monday, January 4, 2010

अत्याधिक चिसोका कारण तराईका विभिन्न क्षेत्रहरुमा १० जनाको मृत्यु

2010-1-4 14:17:08
अत्याधिक चिसोका कारण तराईका विभिन्न क्षेत्रहरुमा हालसम्म १० जनाको मृत्यु भएको छ भने देशका विभिन्न स्थानको जनजिवन प्रभावित भएको छ। चिसोका कारण सप्तरीमा दुई साताविचमा ९ जनाको मृत्यु भइसकेको छ भने तुसारोवाट प्रभावित हुनेको संख्या दिनप्रतिदिन वढिरहेको छ। त्यस्तै वाराको गंजभवानीपुरकी ४८ वर्षिय फुलमती देवीको पनि चिसोकै कारण मृत्यु भएको छ। अत्याधिक चिसोको कारण रौतहट, महोत्तरी र मकवानपुरको पालुङ र दामन क्षेत्रमा शिक्षणसस्थाहरु वन्द भएका छन्। धनुषामा तीन दिनदेखि सितलहर देखिएको छ। तुसारो का कारण वजार वन्द भएका छन्। त्यस्तै चिसोका कारण चितवन र आसपासको जनजीवन पनि नराम्ररी प्रभावित भएको छ। हिजोदेखि लगातार लागेको वाक्लो हुस्सुका कारण चितवनमा यसवर्ष कै अत्याधिक चिसो भएको हावापानी केन्द्र भरतपुरले जनाएको छ। केन्द्रका अनुसार ३० देखि ३५ डिग्री सेन्टीगे्रट कायम हुने चितवनको तापक्रम एकाएक घटेर ९ देखि १२ को विचमा पुगेको छ। चिसो वढेपछि मुख्य सडकमा मानिसहरुको उपस्थिती न्यून देखिएको छ भने वजार पनि कम खुलेका छन्। वाक्लो हुस्सुका कारण आवश्यक भिजिविलिटि नहुँदा हिजोदेखि कुनैपनि हवाई उडान हुन नसकेको भरतपुर विमानस्थलका प्रवन्धक ल73मी पराजुलीले वताउनुभयो। हवाई उडान रद्ध भएपछि काठमा48डौ र पोखरा जानका लागि विमानस्थल आएका स्वदेशी तथा विदेशी पर्यटकहरु अलपत्रमा परेका छन् । बाक्लो हुस्सु र एक्कासि बढेको चिसोले रुपन्देहीको बुटवल, भैरहवा वजार आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ। हुस्सुका कारण गौतमवुद्ध विमानस्थल भैरहवाबाट शनिबारदेखि कुनै पनि उडान हुन सकेको छैेन। चिसो कै कारण नेपालगंज, विरगंज, भैरहवा, दाङ , झापा लगायतका जिल्ला पनि प्रभावित वनेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks