काठमाडौं, १४ माघ (दैनिकी)
संविधानसभामा छलफल सकिएका बिषयगत समितिका प्रतिवेदन सम्बैधानिक समितिमा पठाऊने बिषयलाइ लिएर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आज प्रमुख तीनदलका शीर्ष नेताहरुसंग परामर्श गर्नुहुने भएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा दिऊसो १ बजे हुने बैठकमा बिषयगत समितिका प्रतिवेदनमा देखिएका विबाद अन्त्यको पहल गर्ने सभाध्यक्ष नेम्वाङ्गले जानकारी दिनुभयो । बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दाहाल प्रचण्ड नेपाली कागेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल तथा तीनै दलका प्रमूख सचेतकहरु सहभागि हुनुहुनेछ ।
एमाले सभाषद अग्नी खरेल अध्यक्षताको प्रतिवेदन अध्ययन समितिले अध्ययन गरिसकेका प्रतिवेदनलाई संविधानसभावाट पारित गराइ सम्बैधानिक समितिमा पठाऊन छलफल सुरु गरिएको हो । अधिकाशं विबादित बिषय तीनदलसंग सम्बद्ध रहेकोले सुरुमा तीनदलका नेताहरुसंग र आबस्यकता अनुसार अरु दलसंग पनि छलफल गरिले नेम्वाङ्गले उल्लेख गर्नुभयो । बिषयगत समितिका प्रतिवेदनमाथिको छलफल आगामी साता सकिएपछि संविधानसभाको महत्वपूर्ण सम्बैधानिक समितिले संविधानको मस्यौदा तयार गर्ने काम सुरु गर्नेछ । त्यसका लागि सबै प्रतिवेदन संविधानसभावाट बहुमतले पारित गराऊनु पर्ने प्रावधान संविधानसभा नियमावलिमा छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks