Loving nepal news

Sunday, January 24, 2010

दुर्घटनाले तानसेन तम्घास सडक अवरुद्ध

दिपक पाण्डेय १० माघ, पाल्पा

पाल्पा जिल्लाको भैरस्थान गा.वि.स. ३ हटियामा गुल्मीको तम्घासबाट पाल्पाको सरमुकाम तानसेन तर्फआउदै गरेको लु १ ख ४१७८ नम्बरको बसले पाल्पाको हार्थोकबाट गुल्मी तर्फजादै गरेको ग ४ प २३३३ नम्बरको मोटरर्साईलाई ठक्कर दिँदा मोटरर्साईकलमा सवार वर्ष२० का भैरवस्थान गा.वि.स. ३, पाल्पाका रन्जन श्रेष्ठ गम्भिर घाईते भएका छन् ।
घटना लगतै उपचारका लागि पाल्पा स्थित मिसन हस्पिटल र लुम्बीनि मेडिकल केलेजमा लगिए पनि श्रेष्ठको स्थिती अत्यन्तै गम्भिर प्रकृतिको भएकोले उनको उपचार लागि हेलिकप्टर मार्फ काठमाण्डौ पर्ठाईएको छ, उपचारमा संलग्न डाक्टरले बताए ।
घटना लगतै घाईतेका आफन्तहरुले तानसेन तम्घास सडक घटना लगतै अवरुद्ध बनाएका छन् । घाईतेको पूर्ण रुपमा उपचार लगायतका माग राखी पिडितहरुले सडक अवरुद्ध बनाउदै आएका छन् । अवरुद्ध खुलाउनको लागि प्रयास र छलफल भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ । माग पुरा नहुन्जेल सम्म अनिश्चित सडक अवरुद्ध गर्ने घटनाका पिडितहरुले बताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks