Loving nepal news

Tuesday, January 26, 2010

कोइराला र प्रचण्डबीच संयन्त्र प्रभावकारी बनाउन छलफल

काठमाडौं, १२ माघ (दैनिकी)

उच्चस्तरिय राजनीतिक संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड कोइराला निवास महाराजगञ्ज पुग्नु भएको थियो ।
दुई नेताबीच संयन्त्रको कार्यविधि कार्यक्षेत्र क्षेत्राधिकारलगायतका विषयमा छलफल भएको बुझिएको छ । यस्तै सेना समायोजनका विषयमा सरकारका मन्त्रीहरुले व्यक्त गरिरहेका शान्ति सम्झौता विपरितका अभिव्यक्तिका विषयमा पनि प्रचण्डले संयन्त्रका संयोजक कोइरालाको ध्यानाकर्षण गराउनु भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks