दाङमा बम फेला पर्यो
प्रियास्मृती ढकाल बाँके १३ माघ
बाँकेको ईन्द्रपुर गाबिसस्थित बन्जाडे गाँउमा भुमिगत शसस्त्र समुहले एक जनाको हत्या गरेको छ।
नेपालगंज नगरपालिका कोरियनपुर घर भएका सितापुर गाबिस सचिब अन्दाजी ४५ बर्षिय ईन्द्रबहादुर श्रेष्ठको शसस्त्र समूहले हत्या गरेको प्रहरीले जनाएको छ। साईकलमा हिडिरहेका श्रेष्ठलाई भुमिगत समुहका कार्यकर्ताले गएराती गोली हानी हत्या गरेका हुन्। हत्याको २ वटा छुटाछुटै भुमिगत शसस्त्र समुहले टेलीफोन मार्फत जिम्मेवारी लिएका छन्।
जनतान्त्रिक तराई मधेश मुक्ति पार्टिका अवध ईन्चार्ज भगत सिंहले आफ्नो पार्टि बिरुद्ध काम गरेको आरोपमा हत्या गरेको बताउनु भएको छ।
त्यस्तै तराई जनतान्त्रिक पार्टि मधेशका बिशेष ईन्चार्ज आर्दशले हत्या आफुहरुले गरेको दाबी गर्दै श्रेष्ठले मधेशी समुदायको अधिकार हनन गर्ने काम गरेको आरोप लगाउनु भएको छ।
घटनापटिछ जिल्ला प्रहरी कार्यालय बाँकेले त्यस क्षेत्रमा सर्च अभियान ब्यापक बनाईएको जनाएको छन।
यसैगरी दाङको तुलसीपुर स्थित नयाँ बसपार्कमा रोकिराखेको बस मुनी एक प्रेसर कुकर बम फेला परेको छ ।
ना २ ख ५४०३ नम्बरको बस मुनी प्रेसर कुकर बमसँगै नेपाल माक्सबादी गणतान्त्रिक गुप्तचर युवा टाइगर समुहको पर्चा पनि फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक मोहनकुमार थापाले जानकारी दिनु भयो ।
विज्ञप्तिमा सो बसका धनी गोपाल भण्डारीले समुह बिरुद्ध गतिविधि बढाएको भन्दै बिष्फोटका लागि बम राखिएको उल्लेख छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks