प्रहरीले सक्रियता बढायो
काठमाडौं, ११ माघ(दैनिकी)
काठमाडौंमा विदेशीहरु संगठित रुपमै लागू औषध नियन्त्रणको कारोबारमा लागेको पाइएपछि नेपाल प्रहरीको टाउको दुखाई सुरु भएको छ । विभिन्न मुलुकबाट पर्यटक भिसामा नेपाल आएका नेपालमै विभिन्न कुटनीतिक नियोग र आईएनजीओमा काम गर्नेहरु यसरी संगठित रुपमा लागेको पाइएपछि लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाईले थप सक्रियता बढाएको छ ।
इकाईले आइतबार बासवारीबाट ६ सय ४८ ग्राम सेतो हेरोइन र सामाखुसीबाट ४० ग्राम सेतो हेरोइन समेत गरी ६ सय ८८ ग्राम अवैध लागू औषध सेतो हेरोईन सहित ३ जना बिदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जाम्वीयन नागरिक ४५ बर्षीया एनी जाम्वीयन नोन्दो , ३९ बर्षीय हाईव्याक जाम्वीयन वान्जा र फिलिपिनी नागरिक २४ मेरी अन अर्नाल्डो फिगरस रहेका छन्। अवैध रुपमा बस्दै आएका यी व्यक्तिहरुले आफुले भाडामा लिएको घरमा लागू औषध प्याकिङ्गको मिनिवर्कशप नै गरेको देखिएको छ।
प्रारम्भिक अनुसन्धानबाट शरिरको भित्री अंगमा क्याप्सुलको रुपमा पाकिस्तानबाट काठमाडौँ लुकाई ल्याएको हेरोइन काठमाडौँमा बिद्युतीय उपकरण भित्र लुकाई तेस्रो देशमा पठाउने र केहीमात्रा दुर्व्यसनीको लागि काठमाडौमै खुद्रा विक्रि गर्ने गरेको पाइएको छ।
काठमाडौमा बसेर लागू औषधको गैरकानूनी धन्दामा संलग्न जाम्वियन नागरिक ४० बर्षीय वान्जा हाईव्याकले धार्मिक क्रियाकलापमा संलग्न व्यक्तिको आवरणको रुपमा आफुलाई प्रस्तुत गर्ने गरेको पाइएको र बरामद लागू औषध सेतो हेरोइनको मूल्य गैरकानूनी वजारमा करीव डेढ करोड पर्ने अड्कल गरिएको छ।
यसअघिहरीले दस केजी अवैध लागुऔषध चरेसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जापानी महिलालाई आइतबार अपरान्ह पक्राउ गरेको थियो ।
कतार एयरवेजबाट दोहा जान लागेकी कान्जी वातानावा वेलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो । पक्राउ परेकी महिलाले व्रिफकेशमा लुकाएर चरेश लान खोजेकी थिइन् ।
यसैगरी भगबतीबहालस्थित प्लाजा होटलबाट प्रहरीले माघ ९ गते राति साढे ९ वजे अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पाउडर ५ ग्राम सहित ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौ मैतीदेवी बस्ने मोहन गुरुङ्ग, बनस्थली बस्ने सासोज विक्रम राणा, ठमेल बस्ने छिरिङ डोलकर बेल, लाजिम्पाट बस्ने मानबहादुर तामाङ्ग र बौद्ध बस्ने सोम लामा रहेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks