Loving nepal news

Sunday, January 24, 2010

बन्दुकको किनारा लगाएपछि मात्रै शान्ति स्थापना

माओवादीमाथी संविधानसभाको निर्वाचनमा डर धम्की देखाएर ठूलो दल बनेको आरोप
प्रकाश डोटेल स्याङ्जा, १० माघ

स्थानिय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले शान्ति विनाको विकास असम्भव हुने बताउनुभएको छ । राज्यमन्त्री खड्काले वर्तमान सरकारको पहिलो काम विस्तृत शान्ति सम्झौता बमोजिम बन्दुकको किनारा लगाएर शान्ति स्थापना गर्नुपर्ने रहेको कुरामा जोड दिनुभयो ।
स्याङ्जाको विर्घागाउँ विकास समिति वडा ८ स्थित वईघामा रहेको भवानी उच्च माध्यामिक विद्यालयको ५७ औं वाषिर्कोत्सव तथा ३७ अभिभावक दिवसमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय विकास राज्यमन्त्री खड्काले सो कुरा बताउनुभएको हो।
उहांले एकीकृत नेकपा माओवादीले चलाएको १० वर्षो जनयुद्धले आर्थिक विकासमा राज्य ५० वर्षपछाडी धकेलिएको बताउनुभयो । राज्यमन्त्री खड्काले एकीकृत नेकपा माओवादीले संविधानसभाको निर्वाचनमा डर धम्की देखाएर ठूलो दल बनेको आरोप लगाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यमन्त्री खड्काले आजको बैज्ञानिक युगमा शिक्षाको अति आवश्यक रहेको बताउनुभयो । उहांले त्यस अवसरमा विद्यालयको भौतिक सुधार, खेल मैदान निर्माण र खानेपानी व्यवस्था गर्न स्थानिय विकास मन्त्रालयबाट ३० लाख आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
वाषिर्कोत्सव तथा अभिभावक दिवसको अध्यक्षता गर्नुभएको संविधानसभाका सदस्य मोहनप्रसाद पाण्डेले जातीय राज्य विभाजनले देशलाई द्धन्द्धमा फसाउने स्पष्ट पार्दै एकीकृत नेकपा माओवादीले जातिय राज्य घोषणा गरेर अन्तरिम संविधान विरोधी काम गरेको बताउनुभयो ।
त्यस अवसरमा बोल्दैपूर्व विर्घागाउँ विकास समितिका पूर्वअध्यक्ष प्रकाश राना, नेपाली काँग्रेसका सचिव शिवकुमार गिरि, नेता गजिन्द्रप्रकाश मल्ल, लक्ष्मीकान्त रेग्मीले नेपाली जनताको भावनालाई आत्मसाथ गर्दै तोकिएको समयमा संविधान निर्माण हुनुपर्नेमा जोड दिनुभएको थियो ।
वाषिर्कोत्सव तथा अभिभावक दिवसको कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठी, स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेल, विद्यालयका श्रोतव्यक्ति नारायण पाण्डे, तरुण दलका केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख सरस्वती तिवारी, विद्यार्थी नेताहरु युवाराज पाण्डे गुरुप्रसाद भट्टर्राई लगाएतका वक्ताहरुले बोल्नुभएको थियो ।
विद्यालयका प्राचार्य होमनाथ पाण्डे किसानले शैक्षिक सत्र २०६५/०६६ को ८१ लाख ४७ हजार ४ सय २१ आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो ।
हेलिकोप्टरबाट कार्यक्रमलाई सम्बोधन गर्न विर्घागाउ आनुभएका स्थानिय विकास राज्यमन्त्री गणेशबहादुर खड्कालाई एकीकृत नेकपा माओवादीका कार्यक्रर्ताले विरोध स्वरुप कालोझण्डा प्रदर्शन गरेका थिए । कालोझण्डा प्रदर्शन गर्नेक्रममा शुरक्षा व्यवस्था कडा पारिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks