Loving nepal news

Thursday, January 21, 2010

उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं, ८ माघ (दैनिकी)

तीन दल सम्मितित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा सुरु भएको छ। बैठकमा संयन्त्रको कार्यविधि र आचारसंहिताका विषयमा छलफल हुने बताइएको छ। बैठकमा सभापति कोइराला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल सहभागी हुनुहुन्छ ।
आजको बैठकमा संयन्त्रको कार्यविधि बनाउन गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलको प्रतिवेदनमा आज छलफल हुने नेताहरुले बताएका छन्।
यसअघि कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा एकीकृत नेकपा माओवादीकातर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, नेकपा एमालेबाट भरतमोहन अधिकार र युवराज ज्ञवाली तथा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी रहनु भएको छ।
कार्यदलको बैठक हिजो र अस्ती बसे पनि प्रतिवेदनलाई अन्तिम रुप दिन सकेको छैन। यही १० गतेबाट गर्न लागिएको आम हड्ताल फिर्ता लिन कांग्रेस, एमालेका प्रतिनिधिहरुले एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका थिए।
माओवादीका प्रतिनिधिले आज बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रवेश गराउने भन्दै कर्यदलमा छलफल गर्न नपर्ने बताएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks