काठमाडौं, ८ माघ (दैनिकी)
बलिउडका अभिनेता सलमान खानले आफ्नो बिहे भईसकेको छ भनेर सबैलाई अच्चमित बनाएका छन्। उनले आफ्नो श्रीमतीको मृत्यू भईसकेको तथा आफ्नो तीनवटा बच्चाहरु भएको समेत बताए। यस अलावा उनले आफ्नो एउटा छोराको बिहे समेत भईसकेको तथा आफु चाडै नै हजुरबुवा हुन लागेको समेत खुलासा गरेका छन्।
सलमानले यी सबै कुराहरु निर्माता-निदेशक करन जौहरको अगाडी सोनी टीवीमा प्रसारित भईरहेको शौ लिफ्ट करा दे भन्ने कार्यक्रममा भनेका हुन। सलमानले टि भी कार्यक्रमहरुमा आफुलाई निकै अगाडी पारिसकेको छ। हालै उनको नँया चलचित्र वीर यसै शुक्रबारदेखी प्रदर्शन हुन गईरहेकोले पनि सलमान निकै खुशी देखिएको थियो। टि भी कार्यक्रम लिफ्ट करा दे मा उनले भनेका भनाईहरुमा वास्तविकता भएदेखी कैयन भारतियहरु यस कुरालाई सुनेर बेहोस समेत हुन्थे होला।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks