एकको मृत्यु
काठमाडौं, ६ माघ (दैनिकी)
काठमाडौंको काँडाघारीमा मोटरसाइकलमा आएका ६ जनाको समूहले गोली चलाउँदा ८ वर्षका सन्तोष कार्कीको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् । कार्कीको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।
आक्रमणकारीहरुमध्ये काभ्रेका पासाङ लामा र भक्तपुरका रामेश्वर कार्कीलाई प्रहरीले प्रकाउ गरेको छ । उनीहरुलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिएका थिए ।
आक्रमणकारीहरुले प्रयोग गरेको मोटरसाईकल स्थानीयबासीहरुले जलाई दिएका छन् । स्थानीय अर्जुन लामाले घर बनाउन सडकमा गिट्टी थुपारेको विषयमा विवाद हुँदा उनीहरुले गोली चलाएको बताइएको छ । लामाले गुण्डा बोलाएको स्थानीयबासीहरुले आरोप लगाएका छन् । प्रहरीले गोली चलाउनेहरु काठमाडौंका नामूद गुण्डा भएको बताएको छ ।काँडाघारीको स्थिति अहिले तनावपूर्ण छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks