Loving nepal news

Friday, January 29, 2010

सीमामा नेपालीलाई दिएको सास्तीप्रति माओवादी आपत्ति

काठमाडौ १५ माघ (दैनिकी)

माओवादीले सीमा क्षेत्रमा भारतीयले गरेको प्रदर्शन तथा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दिएको सास्तीप्रति सरकारले कुनै प्रतिकृया नजनाएको भन्दै माओवादीले आपत्ति जनाएको छ । आज बसेको स्थायी समितिको बैठकले सीमा क्षेत्रमा नेपालीमाथि गरिएको दुब्र्यवहार हेपाहा प्रबृत्तिकै निरन्तरता भएको जनाएको छ । सरकारसँग यसको स्पष्ट धारणाको पनि माग गरेको छ ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता दिनानाथ शर्माले भारतीय सीमा सुरक्षाबाट नेपालीहरु पीडित हुँदासमेत सरकारले कुनै प्रतिकृया नजनाएर कठपुतलीपनको पुष्टि गरेको बताए । उनले माओवादीलाई उत्तेजित पार्न सीमा क्षेत्रमा प्रदर्शन भएको दाबी गरे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks